सेफ सन्तोषको गौशालाको रेष्टरेन्टमा साउनभर धार्मिक पर्यटक लक्षित परिकार, लसुन प्याज नचल्ने

बिजमाण्डू
२०८१ साउन ८ गते ११:२४ | Jul 23, 2024
सेफ सन्तोषको गौशालाको रेष्टरेन्टमा साउनभर धार्मिक पर्यटक लक्षित परिकार, लसुन प्याज नचल्ने


काठमाडौं। मास्टर सेफ सन्तोष साहको गौशालास्थित मिथिला थकाली आउटलेटले साउन महिनाभरका लागि लसुन प्याज रहित शाकाहारी थाली सुरु गरेको छ।

Tata
GBIME
NLIC

रेष्टुरेन्टले धार्मिक पर्यटकलाई लक्षित गरी लसुन प्याजरहित शाकाहारी थाली सुरु गरेको हो। ‘गौशालाको मिथिला थाली यसै पनि शाकाहारी रेष्टुरेन्ट हो। तर साउन महिनाभर पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा शुद्ध शाहाकारीलाई लक्षित गरी प्याज र लसुनबिनाको थाली उपलब्ध गराइरहेका छौं,’ मास्टर सेफ साहले भने।

शाहाकारी मिथिला थालीमा तिल र आलासले झानेको सलाद, आलुको चोखा, कडिबडी, बिरिया, मौसमी तरकारी, रहरको दाल, भात, दही, घ्यू रोटी, तिलौरी, तरुवा, चार प्रकारका अचार लगायत १७ परिकार समावेश हुने उनले जानकारी दिए।

मिथिला थालीको मूल्य भने फरक फरक छ। ४०० रुपैयाँमा मिथिला थाली, ५०० रुपैयाँमा मिथिला थाली विथ मसरुम, ५५० रुपैयाँमा मिथिला थाली विथ पनिर र ८५० रुपैयाँमा मिथिला थाली प्रिमियम उपलब्ध रहेको रेष्टुरेन्टले जनाएको छ।