भ्रष्टाचार मुद्दामा सिंचाइका पूर्वमहानिर्देशक राजभण्डारीलाई विशेष अदालतले दियो सफाइ



बिजमाण्डू
२०८१ असार २४ गते २१:४५ | Jul 8, 2024
भ्रष्टाचार मुद्दामा सिंचाइका पूर्वमहानिर्देशक राजभण्डारीलाई विशेष अदालतले दियो सफाइ

काठमाडौं। सिंचाइ विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। विशेष अदालतले सोमबार राजभण्डारी र उनकी श्रीमती दिपा श्रेष्ठलाई मुद्दामा सफाइ दिएको हो।

Tata
GBIME
Nepal Life

विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई सफाइ दिएको हो।

सरकारी पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असारमा मुद्दा दायर गरेको थियो। कूल सात करोड ४२ लाख २९ हजार रुपैयाँ सम्पत्तिमध्ये तीन करोड ८५ लाख ५१ हजार रुपैयाँको मात्र स्रोत खुलेको जिकिर अख्तियारको थियो।

स्रोत नखुलेको तीन करोड ५६ लाख ७७ हजार रुपैयाँलाई अख्तियारले बिगो कायम गरेको थियो।