नयाँ समीकरणपछि सानेपामा ओली र प्रचण्ड, कांग्रेस नेतासँग यस्तो देखियो हाउभाउ

बिजमाण्डू
२०८१ असार १८ गते १४:११ | Jul 2, 2024
नयाँ समीकरणपछि सानेपामा ओली र प्रचण्ड, कांग्रेस नेतासँग यस्तो देखियो हाउभाउ


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा पुगेका छन्। पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड सानेपा पुगेका हुन्।

Tata
GBIME
NLIC

सानेपा पुगेका प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरे। उनलाई फूलको माला लगाएर स्वागत गरेका थिए कांग्रेसका नेताले।

प्रचण्ड सानेपा पुग्दा उनको हाउभाउमा धेरैको नजर थियो। किनभने उनी त्यही दलको कार्यालय पुगेका थिए जसले गर्दा उनको सत्ता बहिर्गमन लगभग पक्का भएको छ।

सानेपा पुग्दा प्रचण्डको अनुहारमा हाँसो नै थियो।

नेकपा (एमाले) र कांग्रेसबीच सत्ता सहकार्यका लागि समीकरण बनाउने सहमति भइसकेको अवस्थामा प्रचण्ड कांग्रेसको कार्यक्रममा सहभागी भएका हुन्। यसअघि नै उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रचण्डले फोनमा कुराकानी गरेका थिए। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि प्रचण्डले बालुवाटार बोलाएर छलफल गरेका थिए।

प्रचण्डले नयाँ समीकरण बने पनि पदबाट राजीनामा नदिने बताएका छन्। उनले संसदमा विश्वासको मत ‘फेस’ गर्ने माओवादी केन्द्रले जनाएको छ।

यस्तो अवस्थामा कांग्रेसको माला लगाउँदै सानेपामा घुमफिर गरेका प्रचण्डको आगामी रणनीति के होला? धेरैलाई चासोको विषय लागेको छ।

यस्तै, नयाँ समीकरणका सारथी ओली पनि सानेपा पुगे। उनले पनि हँसिलो शैलीमा कांग्रेस नेताहरुसँग भेटघाट गरे।

आफू र गिरिजाप्रसादसँगैको तस्विर हेर्दै उनले ती दिनहरु सम्झिए। प्रचण्डले जहाँ बसेर कांग्रेस नेतासँग छलफल गरेका थिए। उनले पनि त्यहीँ बसेरै कांग्रेस नेतासँग भलाकुसारी गरे।

सबै तस्विर : प्रचण्ड र ओली सचिवालय