तनहुँको सबैको र गोरखाको साधना लघुवित्तले पाए एकीकृत कारोबार गर्ने स्वीकृति



बिजमाण्डू
२०८१ असार १४ गते १०:५८ | Jun 28, 2024
तनहुँको सबैको र गोरखाको साधना लघुवित्तले पाए एकीकृत कारोबार गर्ने स्वीकृति


काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाले मर्जरपछि एकीकृत कारोबार गर्ने स्वीकृति पाएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले कम्पनीहरुलाई बिहीबार एकीकृत वित्तीय कारोबार सञ्चालन गर्न स्वीकृति दिएको हो। मर्जरमा गएका दुवै संस्थाले सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्नेछन्।

तनहुँको बन्दिपुर गाउँपालिकामा रजिष्टर्ड कार्यालय भएको सबैको लघुवित्त र गोरखामा रजिष्टर्ड कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले गत भदौमा मर्जर सम्झौता गरेका थिए।

हाल साधनाको ३८ करोड २२ लाख ५८ हजार रुपैयाँ चुक्ता पुँजी छ भने सबैको लघुवित्तको ३१ करोड ८६ लाख रुपैयाँ चुक्ता पुँजी छ।