
काठमाडौं। ‘सहाना प्रधान प्रतिष्ठान’द्वारा आयोजित प्रथम सहाना प्रधान अन्डर-१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आज सुरु भएको छ। प्रतियोगिताको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन्।
१५ गतेसम्म हुने प्रतियोगितामा सातै प्रदेशका टोली सहभागी छन्। प्रतियोगिताको उद्घाटन खेल लुम्बिनी प्रदेश र कोशी प्रदेशबीच भएको थियो।

प्रतियोगिता दशरथ रंगशालास्थित कभर्ड हलमा आयोजना गरिएको छ।









