विश्वकप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा स्वागत

बिजमाण्डू
२०८१ असार ६ गते १२:२३ | Jun 20, 2024
विश्वकप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा स्वागत


काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी-२० विश्वकप खेलेर बिहीबार स्वदेश फर्किएको छ। क्रिकेट टोली दुई वटा समूह बनाएर नेपाल फर्किएको हो।

Tata
GBIME
NLIC

एउटा समूह राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। अर्को समूह बिहान १० बजे अवतरण गरेको छ। स्वदेश फर्किएको क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघका पदाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो। नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो।

बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो। नेपाल दोस्रो पटक टी-२० विश्वकपमा सहभागी बनेको थियो।