खेलकुद मन्त्रालयमा श्रेष्ठको १०० दिन, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी पुरस्कृत

समर्थ रञ्जित
२०८१ असार २ गते १९:२५ | Jun 16, 2024
खेलकुद मन्त्रालयमा श्रेष्ठको १०० दिन, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी पुरस्कृत

काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्रालयले सम्मान सहित पुरस्कार वितरण गरेको छ।

Tata
GBIME

आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री विराजभक्त श्रेष्ठले खेलाडीहरुलाई सम्मानपत्र सहित पुरस्कार वितरण गरेका हुन्।

सोही कार्यक्रममा मन्त्री श्रेष्ठले १०० दिनमा गरेको कामको विवरण पनि सार्वजनिक गरेका थए। उनले कीर्तिपुरमा फ्ल्ड लाइट जडानको प्रक्रिया अघि बढेको बताएका छन्।

यस्तै, मूलपानी क्रिकेट रंगशालाको निर्माणकार्यका लागि आवश्यक प्रक्रिया अघि बढाइएको पनि बताएका छन्।