काठमाडौं । आर्थिक वर्ष २०८०/८१ का लागि किसानलाई दिने रासायनिक मलमा अनुदान रकम घटेको छ। सरकारले यसका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन्।
गत वर्ष किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन गरिएको थियो।










