काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले साधारण सभाको मिति तय गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले जेठ ३० गते साधारण सभा गर्ने निर्णय गरेको हो।
साधारण सभाबाट कम्पनीको चुक्ता पुँजी वृद्धिको विशेष प्रस्ताव पारित गर्ने तयारी छ। कम्पनीले चुक्ता पुँजी बढाउन शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्दैछ।
गत वैशाखमा कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेकामा विद्युत नियमन आयोगले १०० प्रतिशत निष्कासन गर्न अनुमति दिएको थियो।
बुद्धभूमि हाइड्रोपावर ४.९९३ मेगावाट क्षमताको तल्लो तादी खोला जलविद्युत आयोजनाको प्रवर्धक हो। कम्पनीको चुक्ता पुँजी हाल ४० करोड रुपैयाँ छ।










