३०औँ पटक सगरमाथाको आरोहण गरी कीर्तिमान बनाएका कामीरिता शेर्पा काठमाडौं फर्किए

बिजमाण्डू
२०८१ जेठ ११ गते १७:१८ | May 24, 2024
३०औँ पटक सगरमाथाको आरोहण गरी कीर्तिमान बनाएका कामीरिता शेर्पा काठमाडौं फर्किए


काठमाडौं। सगरमाथाको कीर्तिमानी ३० औं पटक आरोहण गरी कामीरिता शेर्पा काठमाडौं फर्किएका छन्। उनलाई त्रिभुवन विमानस्थलमा आज स्वागत तथा सम्मान गरिएको छ।

Tata
GBIME
NLIC

उनी जेठ ९ गते बिहान ७:४९ बजे सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ।

सगरमाथा आधार शिविरस्थित विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमले कामीरिताले सगरमाथा ३०औँ पटक आरोहण गरी नयाँ कीतिर्मान कायम गरेको बताए। यसअघि धेरैपटक सगरमाथा आरोहण गरेको कीर्तिमान उनकै नाममा थियो।

उनले बैशाख ३० गते पनि सगरमाथाको आरोहण गरेका थिए। उनीपछि सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेका छन्।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेका ५४ वर्षीय कामीरिताले २०५१ जेठ ९ गते पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। उनको नाममा ८ हजार मिटर अग्ला हिमाल सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।