सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा विशेष अदालतले दोषी ठहर गरेका इन्जिनियर मृत फेला



बिजमाण्डू
२०८१ जेठ ११ गते १६:४७ | May 24, 2024
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा विशेष अदालतले दोषी ठहर गरेका इन्जिनियर मृत फेला

काठमाडौं। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहरिएका एक जना मृत फेला परेका छन्। विशेष अदालतले ३ दिनअघि दोषी ठहर गरेका इन्जिनियर नवीन कुमार पोखरेल मृत फेला परेका हुन्।

Tata
GBIME
Nepal Life

उनलाई मंगलबार विशेष अदालतले दोषी ठहर गरेको थियो। उनी बिहीबार भक्तपुरको लोकन्थलीस्थित घरमा झुन्डिएको अवस्थामा फेला परेका थिए। प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको छ।

अदालतले ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १५९ रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो। त्यस्तै, जरिबाना बमोजिमको बिगो जफतको फैसला सुनाएको थियो।