आर्ट काउन्सिलमा ‘नेपालका देवीदेवताहरु’, २३५ वटा कलाकृति प्रदर्शनीमा

समर्थ रञ्जित
२०८१ जेठ ११ गते ०७:२० | May 24, 2024
आर्ट काउन्सिलमा ‘नेपालका देवीदेवताहरु’, २३५ वटा कलाकृति प्रदर्शनीमा


काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अहिले नेपालका देवीदेवताहरु (डाइटिज् अफ नेपाल) को दोस्रो संस्करण चलिरहेको छ। आर्ट काउन्सिल र नेपाल हस्तकला महासंघले सो प्रदर्शनी आयोजना गरेको हो।

Tata
GBIME
NLIC

प्रदर्शनीमा देवीदेवताहरुको आधुनिक, लोक परम्परागत र समसामयिक कलाहरु राखिएका छन्। काउन्सिलको ३ तले भवनभर विधा छुट्याएर कलाकृति राखिएका छन्।

यस्तै, नेपालबाट हराएका मूर्ति र कलाकृतिका साथै विदेशबाट फिर्ता ल्याइएका मूर्तिहरुको तस्विर पनि प्रदर्शनीमा समावेश छ।

बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथ निर्माणलाई लिएर बनाइएको तस्विरदेखि भित्ते चित्रले प्रदर्शनमा आउनेहरुको आकर्षित गरेको छ।

साथै प्रदर्शनीमा युरोपियन कलाकार नेल्सन फिरेराको ‘पेन्टिङ विद आउट पेन्ट’ पनि राखिएको छ। उनले बनाएको चित्र मोबाइलाको फ्ल्यास हेरेर मात्रै राम्री देख्न सकिन्छ।

प्रदर्शनीमा धातुकलाका उत्कष्ट कलाकृतिसँगै मिथिला सभ्यता चिनाउने चित्रकला, बुद्धको जीवन दर्साउने चित्र, भैरव, कुमारी, राम, शिव लगायतका कन्टेम्पररी पेन्टिङहरु पनि राखिएका छन्।

दोस्रो संस्करणको यो प्रदर्शनीमा १६३ जना कलाकारहरुको २३५ वटा कलाकृति राखिएको छ। जेठ ८ गतेबाट सुरु भएको सो प्रदर्शनी जेठ २८ गतेसम्म संचालन हुनेछ।