नाचघरमा ‘कत्थकांक्षा ३’ : कत्थक नृत्यसँगै बुद्धको जीवनी मञ्चन

प्रवीण रानाभाट
२०८१ जेठ १० गते २१:४४ | May 23, 2024
नाचघरमा  ‘कत्थकांक्षा ३’ : कत्थक नृत्यसँगै बुद्धको जीवनी मञ्चन

काठमाडौं । बुद्ध जयन्तीको अवसरमा आज राष्ट्रिय नाचघरमा बुद्धको जीवनीमा आधारित नृत्य नाटक मञ्चन गरिएको छ।

Tata
GBIME

एस्थेटिक डान्स स्टुडियोले ‘कत्थकांक्षा ३’ ब्रिन्ग्रिङ आकांक्षा शीर्षकमा आज नृत्य नाटक प्रस्तुत गरेको हो। कत्थक नृत्यको माध्यमबाट बुद्धको कथा आज प्रस्तुत गरिएको थियो।

नेपालमा नृत्य विधालाई थप विकसित गर्ने उद्देश्यले स्टुडियोले केही समय यता विभिन्न ‘थिम’मा नृत्य शृङ्खलाहरु पनि आयोजना गर्दै आएको छ।

आज नाचघरमा करिब दुई घण्टा नृत्य नाटक प्रस्तुत भएको थियो। ८० जना  भन्दा बढी कलाकारले एक साथ नृत्यबाट बुद्धको कथा वर्णन गरेका थिए