दलहरुबीच सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक बस्न सकेन, आइतबारसम्मका लागि स्थगित



बिजमाण्डू
२०८१ जेठ ४ गते १५:३५ | May 17, 2024
दलहरुबीच सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक बस्न सकेन, आइतबारसम्मका लागि स्थगित

काठमाडौं। प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दै नबसी स्थगित भएको छ। बिहान ११ बजेका लागि तय बैठक सूचना टाँसेर अपराह्‍न २ बजेका लागि सारिएकामा दलहरुबीच सहमति नजुटेपछि जेठ ६ गतेसम्मका लागि स्थगित गरिएको हो।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले साँझ ६ बजे कांग्रेसका नेताहरुलाई छलफलमा बोलाएका छन्।

गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारीको बचत हिनामिनाको आरोपबार छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ।