काठमाडौं। प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दै नबसी स्थगित भएको छ। बिहान ११ बजेका लागि तय बैठक सूचना टाँसेर अपराह्न २ बजेका लागि सारिएकामा दलहरुबीच सहमति नजुटेपछि जेठ ६ गतेसम्मका लागि स्थगित गरिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले साँझ ६ बजे कांग्रेसका नेताहरुलाई छलफलमा बोलाएका छन्।
गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारीको बचत हिनामिनाको आरोपबार छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ।