उडानमा ल्यापटप प्रतिबन्धको अमेरिकी निर्णयको असर, जहाजभित्रै आइप्याडसहित हाइस्पिड इन्टरनेट

विविसी हिन्दी
२०७३ चैत्र २४ गते १४:४७ | Apr 6, 2017
केही समय अघि डोनाल्ड ट्रम्प प्रशासनले मध्यपूर्वी तथा अफ्रिकाका ९ देशका एयरपोर्टबाट ल्यापटपसहित इलेक्ट्रोनिक्स सामान ह्यान्डक्यारीमा लिएर अमेरिका उत्रिन रोक लगाएको थियो। जस अनुसार बिभिन्न १० वटा एयरपोर्टबाट अमेरिका जाँदा  क्यामेरा, ल्यापटप तथा अन्य इलेक्ट्रोनिक्स सामना लैजान पाइँदैन।
 
अमेरिकी प्रशासनले सुरक्षाको कारण देखाउँदै प्रतिवन्ध लगाएको जनाएको छ। खुफिया एजेन्सीको गोप्य जानकारीका अनुसार निर्णय लिएको ट्रम्प प्रशासनको दावी छ।
 
प्रतिवन्धपछि अमेरिकी उडानमा राम्रो बजार ओगटिरहेका मध्यपूर्व तथा केहि अफ्रिकन देशका हवाईसेवा प्रदायक कम्पनीले यात्रु आकर्षणका लागि नयाँ बिकल्प अघि सारेका छन्।
 
उनीहरुले अमेरिका उडान गर्ने यात्रुलाई थप सुविधा घोषणा गरेका हुन्। बिषेश गरि यस्तो सुविधा बिजनेक एवं फष्ट क्लास यात्रुका लागि घोषणा गरिएको छ। 
 
कतार एयरलाइन्स
कताए एयरलाइन्सले अमेरिकाका लागि उड्नुपूर्व पेनड्राइभ मार्फत डेटा ल्यापटपमा राख्न सक्ने र उडानक्रममा काम गर्न मिल्ने जनाएको छ। यसका लागि कम्पनी आफैंले ल्यापटप उपलब्ध गराउनेछ।
 
एयरलाइन्सले बिजनेश एवं फष्ट क्लास यात्रुलाई  निशुल्क वाइफाइ सेवा दिइनेछ। यस अलावा यात्रुले थप पाँच डलरको प्याकेज पनि लिन सक्ने जनाइएको छ।
 
इत्तेहाद एयरवेज
अवुधावीमा मुख्यालय रहेको इत्तेहाद एयरवेजले अमेरिका जाने विजनेश क्लासका यात्रुलाई उडान अवधिभर आइप्याड र हाइस्पिड इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको छ।
 
इमिरेट्स एयरलाइन्स
दुवईको इमिरेट्स एयरलाइन्सले भने ह्यान्डलिङ सेवा सुरु गरेको छ। यो योजना अनुसार जहाजमा जहाजमा चढ्नु अगाडि नै यात्रुलाई ल्यापटप सहित हाइस्पिड इन्टरनेट दिने जनाएको छ।
 
टर्किस एयरलाइन्स
टर्किस एयरलाइन्सले यात्रुले ल्यापटप लगायतका इलेक्ट्रोनिक्स सामान बोर्डिङ हुनेस्थानसम्म लैजान पाउने र त्यहाँ पुगेपछि कर्मचारीलाई फिर्ता दिनुपर्ने जनाएको छ।
 

Tata
GBIME
NLIC