सर्वोत्तम सिमेन्टले १५ प्रतिशत नगद लाभांश दिने, साधारण सभा वैशाख १२ मा

बिजमाण्डू
२०८० चैत्र २० गते १८:३९ | Apr 2, 2024
सर्वोत्तम सिमेन्टले १५ प्रतिशत नगद लाभांश दिने, साधारण सभा वैशाख १२ मा

काठमाडौं। सर्वोत्तम सिमेन्टले नगद लाभांश घोषणा गरेको छ। मंगलबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले नगद लाभांशको निर्णय गरेको हो।

Tata
GBIME

आर्थिक वर्ष २०७९/८० सम्मको संचित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत अर्थात ६९ करोड ७५ हजार नगद लाभांश दिने निर्णय सञ्चालक समितिले गरेको छ।

कम्पनीको चुक्ता पुँजी हाल ४ अर्ब ६५ करोड रुपैयाँ छ। कम्पनीले वैशाख १२ गते वार्षिक साधारण सभा तोकेको छ। साधारण सभा प्रयोजनका लागि चैत ३० गते बुक क्लोजको मिति तोकिएको छ।

बुक क्लोजअघि सेयरधनी हुनेले मात्रै कम्पनीको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।