स्न्यापच्याटले १० प्रतिशत कर्मचारी कटौती गर्दै, विश्वभरबाट ५०० जनाको जागिर जाने



बिजमाण्डू
२०८० फागुन २ गते १३:५९ | Feb 14, 2024
स्न्यापच्याटले १० प्रतिशत कर्मचारी कटौती गर्दै, विश्वभरबाट ५०० जनाको जागिर जाने

स्न्यापच्याटको पेरेन्ट कम्पनी स्न्याप इन्कले १० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ। कम्पनीको यो निर्णयले विश्वभर काम गर्ने करिब ५०० कर्मचारीको जागिर जानेछ।

Tata
GBIME
Nepal Life

‘इन-पर्सन वर्क’ लाई बढाउन यो कटौती गरेको कम्पनीले जनाएको छ।

सन् २०२३ को अक्टोबरसम्म स्न्यापच्याटमा ५ हजार ३६७ जना कर्मचारी आबद्ध थिए। सन् २०२२ देखि टेक जायन्टहरुले कर्मचारी कटौती बढाउन थालेका हुन्। सन् २०२३ मा मात्रै लाखौंले यो क्षेत्रबाट जागिर गुमाएका थिए।

स्न्यापच्याट जेन जीमा निकै प्रख्यात एप हो।