भारतको अकासा एयरले अर्डर गर्‍यो १५० वटा बोइङ, विश्वकै ‘टप ३०’ कम्पनीमा पर्ने लक्ष्य



बिजमाण्डू
२०८० माघ ५ गते ०९:०२ | Jan 19, 2024
भारतको अकासा एयरले अर्डर गर्‍यो १५० वटा बोइङ, विश्वकै ‘टप ३०’ कम्पनीमा पर्ने लक्ष्य
Photo : Reuters

भारतको वायुसेवा कम्पनी अकासा एयरले १५० वटा बोङङ विमान खरिद गर्ने योजना अघि सारेको छ। सो कम्पनीले १५० वटा बोइङ ७३७ म्याक्स विमान अर्डर गरेको हो।

Tata
GBIME
Nepal Life

अकासा एयरले ७३७ म्याक्स १० र ७३७ म्याक्स ८-२०० विमान अर्डर गरेको हो। ती विमानहरु सन् २०३२ सम्म डेलिभरी हुने बताइएको छ।

अकासा एयरले बोइङको म्याक्स ९ विमान भने अर्डर गरेको छैन। एक महिनाअघि अमेरिकामा अलास्का एअरलाइन्सको बोइङ विमानको सिसा फुटेको थियो। त्यसपछि अमेरिकी नियामकले बोइङको ७३७ म्याक्स ९ विमानलाई ग्राउन्डेड गर्न निर्देशन दिएको थियो। ती विमानका ‘बोल्ट’ कस्नुपर्ने देखिएको अनुसन्धानका क्रममा देखिएको थियो।

भारतको अकासाले बोङङलाई दिएको अर्डरले अमेरिकी कम्पनीलाई धेरै राहत मिलेको अनुमान गरिएको छ। गत वर्ष एयर इन्डियाले पनि २२० बोङङ विमान किन्ने घोषणा गरेको थियो।

अकासा एयरका प्रमुख कार्यकारी अधिकृत विनय दुबेले आफ्नो कम्पनीलाई विश्वको शीर्ष ३० एयरलाइन्स कम्पनीभित्र समावेश गर्ने लक्ष्य रहेको बताएका छन्। अकास एयर सन् २०२२ बाट संचालनमा आएको हो।

भारतको एभिएसन क्षेत्र हाल तीव्र गतिमा बढिरहेको छ। नरेन्द्र मोदी सरकारले सन् २०४७ सम्म भारतको एभिएन क्षेत्र विश्वै ठूलो हुने अनुमान गरेको छ।