सीबीआईएल सेक्युरिटिजको प्रथम वार्षिक साधारण सभाबाट ४ संचालक चुनिए निर्विरोध



बिजमाण्डू
२०८० पुष २९ गते १७:३७ | Jan 14, 2024
सीबीआईएल सेक्युरिटिजको प्रथम वार्षिक साधारण सभाबाट ४ संचालक चुनिए निर्विरोध
सीबीआईएल सेक्युरिटिजको प्रथम वार्षिक साधारण सभाका सहभागी

सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिजको प्रथम वार्षिक साधारण सभाले ४ जना संचालक छानेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको शनिबार भएको साधारणसभाबाट रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, सिजु शाक्य र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित भएका हुन्।

साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत वित्तीय विवरण पारित गरेको कम्पनले आइतबार प्रेस विज्ञप्‍तिमार्फत जानकारी दिएको छ।