काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै ह्वाट्स एप खाता प्रयोग भएको छ।
गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै ह्वाट्सएप खाताबाट विभिन्न व्यक्तिहरुसँग संवाद गरेको भेटिएको भन्दै राष्ट्र बैंकले सबैलाई सचेत गराएको छ।
राष्ट्र बैंकका अनुसार ९८१४४८६४४९ नम्बरको दुरुपयोग गर्दै गभर्नर अधिकारीको नक्कली ह्वाट्स एप खाता बनाइएको छ।











