काठमाडौंको सेतोपहरामा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु, एक जना सकुशल



बिजमाण्डू
२०८० पुष २८ गते १७:०६ | Jan 13, 2024
काठमाडौंको सेतोपहरामा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु, एक जना सकुशल

काठमाडौं। चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

Tata
GBIME
Nepal Life

दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा वयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५ सय मिटर तल खसेको थियो। अपराह्न १:५५ बजेको समयमा भएको दुर्घटनाबाट ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

घटनास्थलमै मृत्यु हुनेमा काठमाडौंको मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं लाजिम्पाटका डा महेशकुमार गौतम र सोही ठाउँका ४ वर्षीय प्रियान्स गौतम थिए।

दुर्घटनामा स्मारिकाकी आमा डा सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्‍ज पठाइएको प्रहरीले जनाएको छ।