सशस्त्र प्रहरीमा इन्स्पेक्टरसहित २८८ जनाका लागि दरखास्त आह्‍वान, परिचरमा ९१ जना माग

बिजमाण्डू
२०८० पुष २० गते ०८:१४ | Jan 5, 2024
सशस्त्र प्रहरीमा इन्स्पेक्टरसहित २८८ जनाका लागि दरखास्त आह्‍वान, परिचरमा ९१ जना माग
Photo : APF NEPAL

काठमाडौं । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित विभिन्‍न पदमा २८८ जनाका लागि आवेदन माग गरेको छ।

Tata
GBIME

आज सूचना जारी गरि ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक  र ९१ जना सशस्त्र प्रहरी परिचरको लागि दरखास्त आह्‍वान गरिएको हो।

परिचर अन्तर्गत कूचिकारमा १० जना, सूचिकारमा ४ जना, केशकर्तकमा ४ जना, चर्मकर्मीमा ५ जना र मालीमा ३ जनाको लागि आवेदन माग भएको छ।

सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षकमा आवेदन दिन चाहनेहरुले काठमाडौंको प्रधान कार्यालय, सुनसरी, महोत्तरी, कास्की, कपिलवस्तु, सुर्खेत र कैलालीको सशस्त्र प्रहरी मुख्यालयबाट दरखास्त फारम संकलन गर्न सक्नेछन्। यस्तै, परिचरमा आवेदन दिन चाहनेले हलचोकस्थित प्रधान कार्यालयबाट फराम लिन सक्नेछन्।

सशस्त्र प्रहरी निरीक्षकमा आवेदन दिन चाहनेहरुको उमेर विज्ञापन प्रकाशित भएको दिन (आज) २१ वर्ष पूरा गरि २५ वर्ष ननाघेको हुनुपर्नेछ। सहायक निरीक्षकको उमेर १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको र परिचरको लागि १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्नेछ।

सशस्त्र प्रहरीले आवेदन दिन चाहनेहरुका लागि योग्यता र मापदण्ड पनि तय गरेको छ।

सशस्त्र प्रहरी निरीक्षकका लागि दरखास्त फारम बुझाउँदा १ हजार २०० रुपैयाँ, सहायक निरीक्षकका लागि ५०० रुपैयाँ र परिचरका लागि २०० रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरेको भौचर पनि पेस गर्नुपर्नेछ। थप समूहका लागि परीक्षा दस्तुरमा प्रहरी निरीक्षकका लागि थप २४० रुपैयाँ, सहायक निरीक्षकका लागि १०० रुपैयाँ र परिचरका लागथि ४० रुपैयाँ बुझाउनुपर्नेछ।

हेर्नुस सशस्त्र प्रहरीको सूचना