काठमाडौं। सुन तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ। बिहीबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार तोलाको १ लाख २० हजार ८ सय रुपैयाँ थियो। दुई दिनको स्थिरतापछि ५ सय बढ्दा मंगलबार तोलाको १ लाख २१ हजार पुगेको थियो। त्यसमा २ सय घटेर बुधबारको कारोबार मूल्य निर्धारण भएको थियो। गत आइतबार र सोमबार प्रति तोला १ लाख २० हजार ५ सय रुपैयाँमा स्थिर थियो।
चाँदी बिहीबार प्रति तोला १४ सय २० रुपैयाँ भएको छ। चार दिनदेखि तोलाको १४ सय ५५ मा स्थिर रहेर मंगलबार ५ रुपैयाँ बढेको थियो। त्यसमा १० रुपैयाँ घट्दा बुधबार तोलाको १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसमा ३० रुपैयाँ घटेर बिहीबारको कारोबार मूल्य कायम भएको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य अघिल्ला दिनभन्दा घटेर कारोबार भइरहेको छ। सुन प्रति औंस २०४३.९२ डलर छ। बुधबार २०६५.५७ डलर थियो। गत सोमबार २०६६.२६ डलर रहेकोमा मंगलबार बढेर २०७१.७२ डलरसम्म पुगेको थियो।
चाँदी बिहीबार २२.९८ डलर प्रति औंसले कारोबार भइरहेको छ। मंगलबार २३.९८ डलर पुगेकोमा बुधबार घट्दै २३.६७ डलरमा आइपुगेको थियो। यसअघि गत सोमबार प्रति औंस २३.७९ डलर थियो।










