काठमाडौं। अहिले बजारमा प्याजको मूल्य आकासिएको छ। प्याज किलोकै १२० रुपैयाँभन्दा माथि छ।
प्याजको मूल्य बढेपछि व्यापारीले तस्करी गरेर प्याज ल्याउने गरेको पाइएको छ। बारा प्रहरीले तस्करी गरेर ल्याएको २ हजार ५०० किलो प्याज बरामद गरेको छ।
पथलैया बाराबाट खटिएको विशेष प्रहरी टोलीले बारा जितपुर सिमरा-१ स्थित पथलैया चोकमा प्र.२-०४-००१ च ००८४ नं को पिकअप गाडीलाई चेक गर्दा तस्करी गरेको प्याज भेटिएको हो।
जाँच गर्दा बिल विजकभन्दा बढी लोड गरेको २ हजार ५०० किलो प्याज बरामद भएको हो। स्रोत खुलाउन नसकेको करिब १ लाख २५ हजार रूपैयाँ बराबरको प्याज फेला परेको प्रहरीले जनाएको छ।










