खाणको मुद्दामा निरन्तर सुनुवाइ, देउवाको विवादस्पद अभिव्यक्ति, ‘अदालतबाट न्याय पाउने विश्वास’

बिजमाण्डू
२०८० मंसिर १२ गते २२:०५ | Nov 28, 2023
खाणको मुद्दामा निरन्तर सुनुवाइ, देउवाको विवादस्पद अभिव्यक्ति, ‘अदालतबाट न्याय पाउने विश्वास’

भैरहवा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन्।

Tata
GBIME

मंगलबार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए। भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका कांग्रेस नेता खाणलाई शरणार्थी प्रकरणमा फसाइएको आरोप कार्यकर्ताहरुले लगाएका थिए।

‘बालकृष्ण खाण यहाँको नेता हो, तपाईंहरुको प्रतिनिधि पनि हो त्यसकारण तपाईंहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो,’ देउवाले भने, ‘तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ।”

अदालतमा विचाराधीन रहेको कारण बोल्ने नहुने बताउँदै देउवाले तर पनि आफूलाई उहाँले न्याय पाउने विश्वास लागेको जनाए।

देउवाले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार नभएको कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताए। ‘अरुलाई दोष दिएर के गर्ने यहाँ चाहिने कुरा नै छैन, अध्यागमनलगायत कार्यालय छैन’, देउवाले भने, ‘काठमाडौंमा गएर त्यहाँका सम्बन्धितसँग कुरा गर्ने विश्वास दिलाउन चाहान्छु।’