यी देशका नागरिकलाई चीन जान भिसा नपर्ने, १५ दिनसम्म व्यापार र घुमघाम गर्न पाउने

बिजमाण्डू
२०८० मंसिर १० गते ०८:५२ | Nov 26, 2023
यी देशका नागरिकलाई चीन जान भिसा नपर्ने, १५ दिनसम्म व्यापार र घुमघाम गर्न पाउने
Photo : Getty Images

चीनले केही देशका नागरिकलाई भिसा बिना आफ्नो देशमा आउन दिने भएको छ। चीनको विदेश मन्त्रालयका अनुसार फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, स्पेन र मलेसियाका नागरिकले अब भिसा बिना चीनको भ्रमण गर्न सक्नेछन्।

Tata
GBIME

यो योजना हाल ‘परीक्षणकाल’ मा रहनेछ। यही डिसेम्बर ३० देखि सन् २०२४ को नोभेम्बरसम्ममा माथि उल्लेखित देशका साधारण पासपोर्ट बाहक नागरिकले चीनमा भिसा बिना १५ दिन बिताउन पाउनेछन्। त्यसअवधिमा उनीहरुले चीनमा व्यापारसँगै घुमघाम गर्न सक्नेछन्।

यही महिना चीनले भिसा फ्रि ट्रान्जिट पोलिसी अन्तर्गत सुविधा पाउने देशमा नर्वेलाई पनि समावेश गरेको थियो। हाल त्यस्तो सुविधा पाउने देशको संख्या ५४ रहेको छ।

कोरोना महामारी फैलिएपछि चीनले आफ्नो भिसा नीतिमा कडाइ गरेको थियो। हाल चीनले विस्तारै भिसा नीतिलाई खुकुलो बनाउँदै लगेको छ।

यसअघि सिंगापुर र ब्रुनाइका नागरिकले पनि बिना भिसा चीनमा १५ दिन व्यापार र घुमघाम गर्न सक्थे।