सुन तोलामा ५ सय बढ्यो‚ चार दिनको स्थिरतापछि चाँदीको कारोबार मूल्यमा पनि वृद्धि



बिजमाण्डू
२०८० मंसिर ५ गते ११:३७ | Nov 21, 2023
सुन तोलामा ५ सय बढ्यो‚ चार दिनको स्थिरतापछि चाँदीको कारोबार मूल्यमा पनि वृद्धि

काठमाडौं। साताको तेस्रो दिन सुनचाँदीको मूल्यमा बढोत्तरी छ। सुन तोलामा ५ सय बढेको छ भने चार दिनअघि कायम मूल्यको स्थिरता तोड्दै चाँदीमा सामान्य वृद्धि छ।

Tata
GBIME
Nepal Life

मंगलबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १६ हजार २ सय पुगेको छ। तीन दिनपछि २ सय बढ्दा सोमबार प्रति तोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

गत शुक्रबार कायम प्रति तोला १ लाख १५ हजार ५ सयमा स्थिर रहेर आइतबार कारोबार भएको थियो। त्यसअघि तोलाको १ लाख १३ हजार २ सय थियो। 

चाँदीको मूल्य गत शुक्रबारदेखि सोमबारसम्म तोलाको १४ सय ५० रुपैयाँमा स्थिर थियो। मंगलबार ५ रुपैयाँ बढेर कारोबार मूल्य १४ सय ५५ रुपैयाँ भएको छ। गत बुधबार १३ सय ८० पुगेको चाँदी बिहीबार २० रुपैयाँ घट्दा तोलाको १३ सय ६० भएको थियो। शुक्रबार त्यसमा एकैपल्ट ९० रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति औंस १९८०.७९ डलर रहेको सुनको कारोबार मूल्य सोमबार १९८०.७१ डलर थियो। मंगलबार बढेर प्रति औंस १९९२.५८ डलरले कारोबार भइरहेको छ।

चाँदीमा पनि बढोत्तरी छ। आइतबार प्रतिऔंस २३.७३  डलरले कारोबार भएको चाँदी सोमबार २३.६७ डलर थियो। आज २३.७५ डलर छ।