आइएमई लाइफद्वारा नेपाली क्रिकेट खेलाडीलाई २५ लाख रुपैयाँ बराबरको म्यादी जीवन बीमा



बिजमाण्डू
२०८० कात्तिक १८ गते १३:०३ | Nov 4, 2023
आइएमई लाइफद्वारा नेपाली क्रिकेट खेलाडीलाई २५ लाख रुपैयाँ बराबरको म्यादी जीवन बीमा

काठमाडौं। नेपाल टी-२० विश्‍वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा टी-२० नेपाली क्रिकेट टोलीलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमांक २५ लाख रुपैयाँ बराबरको आइएमई सुरक्षा म्यादी जीवनबीमा प्रदान गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मनोबल बढाउन र सम्मानस्वरुप खेलाडीलाई उक्त जीवन बीमा प्रदान गर्ने भएको कम्पनीले जनाएको हो।

टी-२० विश्‍वकप फाइनल एसियाका टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्त्वपूर्ण योगदान पुर्‍याएका सबै २० खेलाडीलाई उक्त पोलिसीबाट पुरस्कृत गर्ने घोषणा कम्पनीले विज्ञप्तिमार्फत गरेको छ।

यूएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरी फाइनलमा प्रवेश गरेको नेपाली क्रिकेट टोली आगामी खेलमा ओमानसँग खेल्ने छ। राष्ट्रिय क्रिकेट टोलीलाई टी-२० विश्‍वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ।

नेपाली क्रिकेट टोलीलाई टी-२० विश्‍वकप फाइनल एसियाको फाइनल खेलका लागि शुभकामना दिनुका साथै कम्पनीले आगामी दिनमा पनि नेपाली खेलकुद जगतलाई समर्थन तथा प्रोत्साहन गर्न विभिन्‍न कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।