काठमाडौं। रुस्लान भोड्का उत्पादनको ५०औं वर्ष पूरा भएको अवसरमा गल्फ प्रतियोगिता गरिएको छ।
रुस्लान भोड्का उत्पादक जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा गल्फ प्रतियोगिता गरेको हो। शुक्रबार सुरु भएको प्रतियोगितामा रोयल नेपाल गल्फ क्लबका १३० सदस्य प्रतिस्पर्धामा छन्। प्रतियोगिता शनिबारसम्म चल्नेछ।
रोयल नेपाल गल्फ क्लबले नेपालमा गल्फ सुरु गरेको १०७औं वर्ष मनाउँदैछ। जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका निर्देशक श्रीहर राणाले प्रतियोगितालाई एक उत्सवको रुपमा लिइएको बताए।










