काठमाडौं। साफ यू-१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा बिहिबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३-० गोलले हरायो।
भारतले खेलको पहिलो मिनेटमै जी गोयारीको गोलमा अग्रता बनाएको थियो। त्यस्तै नाओबा मैतेइले पहिलो हाफको इन्ज्युरी समयमा गोल थपे। तेस्रो गोल भारले ९० औं मिनेटमा गरेको हो। यो गोल अर्जुन ओइनमले गरेका हुन्।
प्रतियोगितामा नेपालले बिहिबार पाकिस्तानविरुद्ध खेल्दैछ। नेपालको खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ। खेलका लागि टिकट शुल्क १ सय र ३ सय रुपैयाँ तोकिएको छ। नेपाल रहेको समूह ‘ए’मा माल्दिभ्स र पाकिस्तान छन्। अर्को समूहमा भारत, बंगलादेश र भुटान छन्।










