टीभीएसले ल्यायो रोनिन बाइक र इभी स्कुटर आईक्युब, आईक्युबको मूल्य ४ लाख २९ हजार



बिजमाण्डू
२०८० भदौ २६ गते १८:१९ | Sep 12, 2023
टीभीएसले ल्यायो रोनिन बाइक र इभी स्कुटर आईक्युब, आईक्युबको मूल्य ४ लाख २९ हजार

काठमाडौं। टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएसको नयाँ बाइक रोनिन नेपाली बजारमा ल्याएको छ। कम्पनीले उक्त बाइक नाडा अटो शो मार्फत बजारमा ल्याएको हो।  

Tata
GBIME
Nepal Life

रोनिनको दुईवटा भेरियन्ट प्रदर्शनीमा राखिएको कम्पनीले जनाएको छ। कम्पनीले रोनिनको मूल्य भने अहिले तोकेको छैन।

टीभीएस रोनिनमा २२५.९ सीसी क्षमताको इन्जिन छ। उक्त इन्जिनले २० बीएच पावर तथा १९.९३ एनएम टर्क उत्पादन गर्छ। यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लच उपलब्ध छ।

यस्तै अर्को आईक्युब इलेक्ट्रीक स्कुटर पनि प्रदर्शनीमा राखिएको छ। कम्पनीले केही समय अगाडि यसको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको थियो।