
विज्ञान अधिकारी/सविन मिश्र
काठमाडौं । मलेसियाली कम्पनी एक्जियटाले एनसेलको खरिदलाई बिरलै प्राप्त हुने उच्च अवसरका रुपमा व्याख्या गरेको छ। एक्जियटाले टेलियासोनेरा तथा भाइजर समूहसँगबाट एनसेलको ८० प्रतिशत सेयर स्वामित्व एक अर्व ३६ करोड डलर (एक खर्व ३६ अर्व रुपैयाँमा) खरिद गरेको हो।
एनसेलको बाँकी २० प्रतिशत स्वामित्व भने सतिशलाल आचार्यले खरिद गरेका छन् । स्मार्ट टेलिकमका लगानीकर्ता आचार्यकै पारिवारिक सदस्य भावना सिंह श्रेष्ठले एनसेलको स्थानीय साझेदार बनेकी हुन्।
टेलियासोनेरा-एक्जियटाको डिल अफसोर हुनेछ भने एनसेलको स्थानीय साझेदारका रुपमा रहेका निरज गोविन्द श्रेष्ठको सेयर भावना सिंह श्रेष्ठले नेपालमै खरिद विक्रि गर्नेछन्।
८० प्रतिशत सेयरका लागि एक्जियटाले एक खर्व ३६ अर्व रुपैयाँ खर्च गरे पनि बाँकी २० प्रतिशत सेयरका लागि सतिशलाल आचार्यले जम्मा चार अर्व ८० करोड रुपैयाँ मात्रै खर्च गर्नेछन्।
एनसेलको ८० प्रतिशत स्वामित्व रेनल्ड होल्डिङसँग छ । यसमा नर्वेजियन कम्पनी टेलियासोनेरा युटिए होल्डिङ तथा कजाख कम्पनी भाइजर समूहको एसइए टेलिकम इन्भेष्टमेन्टको सत प्रतिशत लगानी छ।
एक्जियटाले एनसेलको होल्ड गर्न बेलायतमा एक्जियटा इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको छ। सेयर खरिदपछि एक्जियटा इन्भेष्टमेन्ट युकेसँग रेनल्ड होल्डिङको शत प्रतिशत सेयर हुनेछ।
१. नेपाल सुनौलो अवसर
एक्जियटालाई क्षेत्रीय टेलिकम च्याम्पियन बन्नका लागि एनसेलको अधिग्रहण एउटा सुनौलो अवसर हो, एक्जियटाले जारी प्रेस विज्ञप्तीमा छ। एनसेलको खरिद रणनितिक तथा वित्तीय रुपमा पनि सुनौलो अवसर हो, कम्पनीले जानकारी दिएको छ।
एनसेलको मर्जर तथा एक्वीजिशनले एक्जियटाको सबै शर्तलाई पूरा गर्छ । जस्तो एनसेल ब्राउनफिल्ड लगानी हो (सम्पूर्ण पूर्वाधारमा लगानी भैसकेको मुनाफा वितरण योग्य), व्यवस्थापनमा नियन्त्रण, बढ्दो बजार, आकार्षक मूल्यांकन, राम्रो आम्दानी र लक्षित स्थानमा लगानी ।
२. आकर्षक बजार
नेपालको अर्थतन्त्र वितेको ६ वर्षमा औषत ४.२ प्रतिशतले वृद्धि भैरहेको छ । दुई करोड ८० लाख जनसंख्या भएको नेपालमा ६८ प्रतिशत ३५ वर्ष मुनिका युवा छन्। नेपालमा टेलिकममा जम्मा दुई वटा खेलाडि छन्। ५१ प्रतिशत जनसंख्याले मोवाइल सुविधा प्रयोग गरिरहेका छन भने मोवाइल इन्टरनेट साढे २१ प्रतिशतसँग छ र यो २०१२ देखि २०१४ को बीचमा ३३ प्रतिशतले वृद्धि भएको छ।
३. उच्च गुणस्तरको सम्पत्ती, नम्वर १ खेलाडी
नेपालमा एनसेल नम्वर १ ब्राण्ड हो । एक करोड ३० लाख ग्राहकका आधारमा कम्पनीसँग ४८.८ प्रतिशत बजार हिस्सा छ। बलियो ब्राण्ड, उपभोक्तामुखी उच्च गुणस्तरको सेवा र औषत २० प्रतिशतको आम्दानी वृद्धि छ । व्याज खर्च, कर, ह्रास कट्टी अघि कम्पनीको आम्दानीमा ६२.२ प्रतिशत मुनाफा छ। सन् २०१५ मा लगानीमा ७० प्रतिशतको प्रतिफल छ ।
एनसेल नेपालको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी हो। सँगसँगै कम्पनीसँग राम्रो स्पेक्ट्रम प्रोर्टफोलियो पनि छ। अहिले कम्पनीसँग नौ सय मेगाहर्जमा आठ मेगाहर्ज, १८ सय मेगाहर्जमा ११ मेगाहर्ज तथा २१ सय मेगाहर्जमा १० मेगाहर्ज स्पेकट्रम छ।
४. उच्च अवसर, राम्रो समूह
एक्जियटा प्रति ग्राहक औषत कम आम्दानी भएका उदियमान मुलुकमा काम गिररहेके छ । यी मुलुकमा धेरै क्षेत्रमा सिनर्जी प्राप्त गर्न सकिन्छ। जस्तो विदेशी कामदारको क्षेत्रमा। मलेसियामा मात्रै दश लाख कामदारले काम गर्छन। यसबाट आसियान मुलुकमा अन्तराष्ट्रिय कल तथा मोवाइल रेमिट्यान्समा काम गर्न सकिन्छ।
एक्जियटाले विदेशी कामदारवीच यसलाई पनि पुँजीकरण गर्न सक्छ । त्यसैगरी एक्जियटाले उदियमान बजारका रुपमा रहेका यी क्षेत्रमा नेटवर्क, प्रविधि विस्तार, बजारीकरण, उत्पादनको विविधिकरण, जनशक्ति विकासमा काम गर्न सक्छ।
५. आकर्षक मूल्यांकन
पछिल्लो १२ महिनाको आम्दानीमा कर, ह्रासकट्टि र व्याज खर्च अघिको मुनाफाको पाँच गुणा मात्रै कम्पनीको मूल्यांकन भएको छ। जबकी दक्षिण एशियामा ५.७ गुणा र आसियानमा यो ८.४ गुणाको मूल्यांकन हुने गरेको छ। त्यसमाथि एनसेल एक्जियटाको नियन्त्रित व्यवस्थापनमा हुनेछ ।
६. वित्तीय रुपमा सवल
एनसेलको अधिग्रहणपछि एक्जियटाको वित्तीय प्रणालीमा तत्कालै प्रभाव पर्नेछ। एक्जियटाको सन् २०१४ को वित्त वर्षमा एनसेलको अधिग्रहणले राजस्वमा नौ प्रतिशत, व्याज खर्च, कर, ह्रास कट्टिपछिको आम्दानीमा १४ प्रतिशत तथा करपछिको मुनाफामा ११ प्रतिशत योगदान हुनेछ।
७. सन्तुलित प्रोटफोलियो
एक्जियटाका लागि एनसेलबाट राम्रो नगद प्रवाह हुनेछ। कम्पनीले यसबाट वार्षिक २२ अर्व नेपाली रुपैयाँ २१ करोड ७० लाख डलर नगद आप्रवाह प्राप्त गर्नेछ। यसले एक्जियटाको लाभांस नीतिलाई पनि सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ।
एक्जियटाले नेपाली २० प्रतिशत साझेदार नेपाली कानुनअनुसार हुनु पर्ने व्यवस्थाका कारण भएको जानकारी दिएको छ। नेपाली साझेदार स्वतन्त्र तथा एक्जियटा समूहसँग परिचित भएको जानकारी पनि प्रेस विज्ञप्तिमा दिएको छ ।
एक्जियटाले सोमवार भएको प्रारम्भिक सम्झौता साधरणसभाबाट अनुमोदन तथा मलेसियाको केन्द्रिय बैंक बैंक नेगराबाट अनुमति लिनु पर्ने जानकारी दिएको छ।