आँखा पाक्ने समस्या फैलिएपछि हिमालय एयरलाइन्सले अनिवार्य गर्‍यो ‘फिट टु फ्लाइ’ मेडिकल रिपोर्ट

बिजमाण्डू
२०८० साउन २१ गते १२:२९ | Aug 6, 2023
आँखा पाक्ने समस्या फैलिएपछि हिमालय एयरलाइन्सले अनिवार्य गर्‍यो ‘फिट टु फ्लाइ’ मेडिकल रिपोर्ट

काठमाडौं। पछिल्लो समय देशभर आँखा पाक्ने समस्या फैलिएपछि निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले यात्रु स्वास्थ्य सुरक्षा केन्द्रित ‘फिट टु फ्लाइ’ मेडिकल रिपोर्ट अनिवार्य गरेको छ।

Tata
GBIME

आँखा पाक्ने समस्या छिट्टै सर्ने भएका कारण कम्पनीले आफ्नो नियमित उडानमा सहभागी यात्रुका लागि यो प्रावधान अनिवार्य गरिएको जनाएको छ। यसअन्तर्गत मान्यता प्राप्त स्वास्थ्य चौकीबाट जारी भएको उडानयोग्य प्रमाणपत्र अनिवार्य गराइएको कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ।

पछिल्लो एक साता यता मुलुकभर आँखा पाक्ने समस्या वृद्धि हुँदै गएको स्वाथ्य संस्थाहरुले जनाउँदै आएका छन्।

नेपाल–चीनबीचको संयुक्त साझेदारीमा रहेको हिमालय एयरलाइन्सले हाल ४ वटा जहाजमार्फत संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश, चीन लगायत विभिन्‍न गन्तव्यमा उडान गर्दै आएको छ।