काठमाडौं। जहाजभित्र मुसाको आशंका भएपछि सोमबार यती एयरलाइन्सको पोखरा-काठमाडौं उडान प्रभावित भएको छ। बिहान ११:५० बजे ६७८ उडान संख्या रहेको जहाजमा मुसा रहेको आशंकापछि यतीको उडान प्रभावित भएको हो।
प्राविधिकले जहाजमा मुसा रहे/नरहेकोबारे निरीक्षण गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीले जानकारी दिइन्। उनले मुसा नरहेको निश्चित भएपछि मात्र जहाजलाई उडान गर्न दिने बताइन्।
‘उडानका लागि यात्रुको बोर्डिङ भइरहेको थियो। पाङ्ग्रा वरपर देखिएको मुसा जहाजभित्र पसेको आशंकामा उडान रोकेर प्राविधिक टोलीमार्फत निरीक्षण भइरहेको छ’, रेग्मीले भनिन्, ‘यात्रुलाई अर्को जहाज मगाएर उडाइएको छ।’










