मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तिय सस्थाले चार गुणा चुक्ता पुँजी बढाउनु पर्ने

बिजमाण्डू
२०७२ साउन ७ गते ००:०० | Jul 23, 2015

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाले आगामी दुई बर्ष भित्र न्युनतम चुक्ता पुँजी चार गुणाले बृद्धि गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७२/७३ को मौद्रिक नीतिमा उच्च रुपले चुक्ता पुँजी बृद्धिको प्रावधान राखेको हो ।

Tata
GBIME
NLIC

२०७४ असार भित्र बाणिज्य बैंकहरुले न्युनतम चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउनु पर्ने प्रावधान गरिएको छ । यस्तै राष्ट्रिय स्‍तरको विकास बैंकका लागि २ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने भएको छ ।

चार देखि १० जिल्लामा कारोवार गर्ने विकास बैंकका लागि एक अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ । एक देखि तीन जिल्लामा कारोबार गर्ने विकास बैंकले भने ४० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउँदा हुनेछ ।

राष्ट्रिय स्तरका फाइनान्स कम्पनीले ८० करोड र एक देखि तीन जिल्ले फाइनान्सले ४० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने प्रावधान मौद्रिक नीतिले गरेको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा चिरन्जिवी नेपालले बैंक तथा बित्तिय संस्थालाई थप सबल र जोखिम बहन गर्न सक्ने क्षमताको बनाउन चुक्ता पुँजी बृद्धिको प्रावधान राखिएको बताए ।

अहिले बाणिज्य बैंकहरुको न्युनतम चुक्ता पुँजी दुई अर्ब र राष्ट्रिय स्तरका विकास बैंकको ६४ करोड रुपैयाँ रहन् प्रावधान छ । बैंक तथा वित्तिय संस्थाको पुँजी एकै पटक चार गुणाले बढाउनु पर्ने प्रावधान राष्ट्र बैंकले गरेको हो ।

यसले बैंक तथा वित्तिय संस्थालाई एक आपासमा गाभिन अप्रत्यक्ष दबाव समेत दिएको छ ।

आफ्नो कार्यकालको पहिलो मौद्रक नीति सार्वजिनक गर्दै गभर्नर डा नेपालले बैंक तथा वित्तिय संस्थाको मर्जर तथा एक्विजिसनलाई उच्च प्राथिमकता दिने पनि बताए ।

साथै बैंक तथा वित्तिय संस्था खोल्न नपाउने विद्यमान नीतिमा समेत आवश्यक अध्ययन गरि पुनरावलोकन गर्ने गर्भनर नेपालले जानकारी दिए ।
मौद्रक नीतिले बैंक तथा वित्तिय संस्थाले केन्द्रिय बैंकमा राख्नु पर्ने अनिवार्य नगद मौज्दात (सिआरआर) मा कुनै परिवर्तन गरेको छैन । बाणिज्य बैंकले ६ प्रतिशत, विकास बैंकले ५ प्रतिशत र फाइनान्स कम्पनीले ४ प्रतिशत सिआरआर राख्नु पर्छ ।

यस्तै केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थालाई कर्जा दिने बैंक दर भने एक प्रतिशत बिन्दुले घटाएर सात प्रतिशतमा झारिएको छ । उत्पादन मुलक क्षेत्रमा कर्जा प्रवाहलाई प्रोत्साहन गर्न यसो गरेको केन्द्रिय बैंकले जनाएको छ ।
 
पुर्वाधार बैंक खोल्ने
पुर्वाधार क्षेत्रमा लगानी गर्न पुर्वाधार विकास बैंक खोल्ने बारे नेपाल राष्ट्र बैंकले विषेश नीतिगत व्यवस्था गर्ने भएको छ । मौद्रक नीति सार्वजनिक गर्दै गभर्नर डा नेपालले २० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको पुर्वाधार विकास बैंक खोल्न केन्द्रिय बैंकले सघाउ पुर्याउने बताएका हुन् ।