एनवाइईएफ काठमाडौं अध्यक्षमा प्रार्थना साख:, प्रथम उपाध्यक्ष बने अभिमन्यू गोल्छा

बिजमाण्डू
२०८० असार ३ गते १७:१२ | Jun 18, 2023
एनवाइईएफ काठमाडौं अध्यक्षमा प्रार्थना साख:, प्रथम उपाध्यक्ष बने अभिमन्यू गोल्छा


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) काठमाडौंका अध्यक्षमा प्रार्थना साखः निर्वाचित भएकी छिन्। मञ्चले असार १६ गते आफ्नो पाँचौं वार्षिक साधारणसभा गर्दै नयाँ अध्यक्ष र कार्यकारिणी सदस्य चयन गरेको हो ।

Tata
GBIME
NLIC

साधारणसभामा निवर्तमान अध्यक्ष चिराग गोयलले आफ्नो कार्यकालको सफल समापन गर्दै नवनिर्वाचित अध्यक्ष प्रार्थना र  कार्यकारिणी सदस्यहरूको टोलीको परिचय  गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष प्रार्थना साख: टिगको सह-संस्थापक हुन्। सूचना तथा प्रविधि उद्योगमा उनी सफल स्टार्टअप उद्यमीका रुपमा परिचित छिन्। 

उनले पदबहाली गर्दै  मञ्चलाई थप समावेशी, प्रभावकारी र स्फूर्त बनाउन निरन्तर काम गर्ने बताइन्। युवा उद्यमीहरू, विशेष गरी महिलाहरूलाई सशक्त बनाउने उनको दृढ प्रतिबद्धत रहने उनको भनाई छ।

एनवाइईएफ काठमाडौंले स्टार्टअप अवार्ड, महिला उद्यमीहरूलाई सम्मान कार्यक्रम, व्यवसायको बारेमा प्राथमिक तहका विद्यार्थीहरूलाई शिक्षित गर्न किड्स फेयरका साथै विभिन्न नेटवर्किङ कार्यक्रमहरू सम्पन्न गरेको जनाएको छ। 

आगामी कार्यकालका लागि एनवाईईएफ काठमाडौंको नेतृत्व गर्न साखःसँगै अभिमन्यू गोल्छा प्रथम उपाध्यक्षमा चयन भएका छन्। त्यस्तै अप्पा शेर्पा द्वितीय उपाध्यक्ष तथा अनुभव श्रेष्ठ, क्षितिज तामाङ, इच्छा मल्ल, निर्देश द्वा, निशित मित्तल, रसना श्रेष्ठ, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे कार्यकारिणी सदस्यमा चयन भएका छन्।

नवनिर्वाचित टोलीले उद्यमशीलताको भावना जगाउने र स्थानीय स्टार्टअप इकोसिस्टममा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।