ट्‍वीटरमा थपियो सुविधा, अब ‘पेड युजर’ ले दुई घण्टा लामो भिडियो अपलोड गर्न पाउने

बिजमाण्डू
२०८० जेठ ५ गते ०८:४९ | May 19, 2023
ट्‍वीटरमा थपियो सुविधा, अब ‘पेड युजर’ ले दुई घण्टा लामो भिडियो अपलोड गर्न पाउने

काठमाडौं। ट्‍वीटरमा अबदेखि दुई घण्टा लामो भिडियो अपलोड गर्न मिल्ने भएको छ। कम्पनीका मालिक इलन मस्कले ट्‍‍वीटर किनेपछि विभिन्न फिचरहरु थप्दै लगेका छन्। यसबीच भिडियो सेयरिङको ‘टाइम लिमिट’ पनि बढाउन लागिएको हो।

Tata
GBIME

मस्कले ट्‍वीट गर्दै ८ जीबीसम्मका दुई घण्टा लामो भिडियो अपलोड गर्न मिल्ने बताएका हुन्। तर, यो फिचर ट्‍वीटरका ब्लु भेरिफाइड सबस्क्राइबरहरुले मात्र पाउनेछन्।

मस्कले केही दिनअघि मात्रै नयाँ कार्यकारी प्रमुखले ट्‍वीटरको नेतृत्व गर्ने घोषणा गरेका थिए।