नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२७०० रुपैयाँमा उडाउने, भैरहवा हुँदै काठमाडौंको १४७२० रुपैयाँ

बिजमाण्डू
२०८० जेठ ४ गते १७:२७ | May 18, 2023
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२७०० रुपैयाँमा उडाउने, भैरहवा हुँदै काठमाडौंको १४७२० रुपैयाँ


काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले  जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ। 

Tata
GBIME
NLIC

निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेको छ। यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो। 

मलेसिया–भैरहवाका लागि १२ हजार सात सय रुपैयाँ र मलेसिया–भैरहवा–काठमाडौँका लागि १४ हजार सात सय २० रुपैयाँ भाडादर कायम गरिएको छ। निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमै सटल बस (यात्रु ओसार पसार गर्ने बस) को व्यवस्था गर्ने छ।

निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ। भैरहवाबाट हाल निगमले साताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ।