
काठमाडौं। इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले नयाँ सेक्युरिटी फिचर ल्याउने भएको छ। प्रयोगकर्ताहरूको सुरक्षा र गोपनीयतालाई मध्यनजर गर्दै नयाँ सुविधाहरू ल्याउने तयारी गरेको हो
यी सुविधाहरूमा अलर्ट, भाइरसहरूका लागि ब्याक एन्ड चेक, तथा अटोमेटेड सेक्युरिटी कोड भेरिफिकेसन छन्। यसबाट प्रयोगकर्ताहरू भाइरसमार्फत हुने ठगीबाट बच्न सक्नेछन्। यी तीनै फिचर आफ्नो ह्वाट्सएप एपमा राख्नका लागि प्रयोगकर्ताले एपलाई अपडेट गर्नुपर्ने हुन्छ।
ह्वाट्सएपले आफ्नो ब्लग पोस्टमार्फत यी फिचरले प्रयोगकर्ताको अकाउन्टलाई थप सुरक्षित बनाउने दाबी गरेको छ।
प्रयोगकर्ताको गोपनीयता थप सुरक्षित गर्न र म्यासेजहरूमा थप नियन्त्रण दिनका लागि नयाँ सुविधाहरू थप्न लागेको हो। उक्त नयाँ सुविधाहरू व्हाट्सएपले आगामी महिनाहरूमा थप्ने जनाएको छ।
व्हाट्सएपले रोलआउट गर्न लागेको तीन फिचर मध्ये एक हो, अकाउन्ट सुरक्षा। यस नयाँ सुविधा अन्तर्गत यदि प्रयोगकर्ताहरूले आफ्नो व्हाट्सएप अकाउन्टलाई नयाँ उपकरणमा सारे भने प्रणालीले पुरानो डिभाइसमा भेरिफिकेसनका लागि सोध्नेछ। अरू कसैले तपाईंको खाता खोल्ने प्रयास गर्दा यसले प्रयोगकर्ताहरूलाई अलर्ट गर्नेछ।
अर्को फिचर छ डीभाइस भेरिफिकेसन। यस अन्तर्गत, व्हाट्सएपले प्रयोगकर्ताको खातालाई मोबाइल डीभाइस मालवेयरबाट जोगाउन डिभाइस भेरिफिकेसन सुविधा प्रदान गर्नेछ। यो सुविधाले प्रयोगकर्ताको अनुमति बिना अरूलाई सन्देश पठाउनबाट रोक्नेछ। जसका कारण कसैले पनि मालवेयरमार्फत प्रयोगकर्ताको खाताको दुरुपयोग गर्न सक्नेछैन।
त्यस्तै, तेस्रो फिचर छ अटोमेटिक सेक्युरिटी कोड। यो सुविधा विशेषगरी प्रयोगकर्ताको गोपनीयता कायम राख्नका लागि हो। (एजेन्सीको सहयोगबाट)