बैंकर्स संघ ब्याज घटाउने दबाबमा, २१ बैंककै प्रमुख कार्यकारीसँग कुरा गरेर निर्णय लिने

बिजमाण्डू
२०७९ चैत्र २७ गते १२:३७ | Apr 10, 2023
बैंकर्स संघ ब्याज घटाउने दबाबमा, २१ बैंककै प्रमुख कार्यकारीसँग कुरा गरेर निर्णय लिने


काठमाडौं। ब्याज दर घटाउनुपर्ने  दबाब रहेको तर नीतिगत दर नघटी घटाउन नसक्ने भएपछि नेपाल बैंकर्स संघले २१ वटै बैंकका प्रमुख कार्यकारीसँग छलफल गरी निर्णय गर्ने भएको छ।

Tata
GBIME
NLIC

वैशाख १ गतेदेखि लागू हुने ब्याजका बारेमा संघले सदस्य सबै बैंकरसँग छलफल गर्न खोजेको हो।

ब्याज दर तल-माथि गर्न सम्बन्धित बैंकहरु स्वतन्त्र भए पनि केही समययता यसको जिम्मा बैंकर्स संघले लिएको छ। उसले गरेको निर्णय अनुसार बैंकहरुले निक्षेपको ब्याज दर चलाउने गरेका छन्।

अहिले साधारण मुद्दतीको ब्याज दर ११ प्रतिशत छ। बचतको ब्याज दर ६-८ प्रतिशत छ। निक्षेपको ब्याज महँगो हुँदा ऋणको ब्याज पनि महँगिन्छ। त्यसैले निक्षेपको ब्याज घटाएर ऋणको तल झार्नु पर्ने दबाबमा बैंकर छन्।

नेपाल राष्ट्र बैंक भने नीतिगत दर घटाउने पक्षमा छैन। नीतिगत दर नघटी बैंकहरुले निक्षेपको ब्याज दर घटाउन सक्ने अवस्था छैन। त्यही भएर सबै बैंकर बसेर निर्णय गर्न खोजिएको हो। कुनै दिन बैठक डाक्ने भन्ने यकिन भने भइसकेको छैन। तर बिहीबारसम्म बैठक बस्ने छ।