
काठमाडौं। काठमाडौं- तराई मधेस द्रुतमार्ग (फास्ट-ट्रयाक) आयोजनाले १७ जना नेपाली इन्जिनियर मागेको छ।
बिहीबार एक सूचना निकाल्दै आयोजनाले १७ वटा विभिन्न क्षेत्रमा काम गर्न विज्ञ इन्जिनियरहरु माग गरेको हो।
आयोजनाले नेपालमा नै यस्ता सडक र सुरुङमार्ग निर्माण नेपाली आफैंले सक्छन भन्ने उद्देश्यले विज्ञहरूको प्यानल स्थापना गर्ने गरी यस्तो माग गरिएको जनाएको छ।
आयोजनाले हाइवे डिजाइन, पेभमेन्ट डिजाइन, सिनियर सर्वेयर, जियोटेक्निकल/ स्लोप स्टेबलाइजेसन एण्ड रिइन्फोर्स अर्थ वाल, टनेल जियोटेक्निकल इन्जिनियरहरु माग गरेको छ।
यसैगरी वाटर रिसोर्स, स्ट्रक्चरल इन्जिनियरिङ, इन्जिनियरिङ जियोलोजिस्ट, कन्ट्याक म्यानेजमेन्ट, अर्बिट्रेटर, क्वालिटी कन्ट्रोल, सोसियोलोजिस्ट, नन लाइफ इन्सुरेन्स एडभाइजर, इलेक्ट्रिकल इन्जिनियर, कम्युनिकेसन इन्जिनियर र बायो इन्जिनियरिङका लागि विज्ञहरु माग गरिएको छ।
यसका लागि सहभागी हुने इन्जिनियरहरुले स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने छ। यस्तै, १० वर्षसम्मको अनुभव प्राप्त गरेको हुनुपर्ने आयोजनाले जनाएको छ।