जनउत्थान सामुदायिकले लाभांश पारित गर्न डाक्यो साधारण सभा, राष्ट्रियस्तरमा स्तरोन्नति हुँदै

बिजमाण्डू
२०७९ फागुन २५ गते ११:५७ | Mar 9, 2023
जनउत्थान सामुदायिकले लाभांश पारित गर्न डाक्यो साधारण सभा, राष्ट्रियस्तरमा स्तरोन्नति हुँदै

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्तले लाभांश पारित गर्न साधारण सभा डाकेको छ। सभा चैत २६ गते बुटवल, रुपन्देहीमा बस्ने जनाएको छ।

Tata
GBIME

गत आर्थिक वर्षका लागि लघुवित्तले १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव बारे सभाले छलफल गर्नेछ।

लघुवित्तले गत आवको नाफाबाटै चुक्ता पुँजी वृद्धि गर्ने बताएको हो। संस्थाको २ करोड २१ लाख ८५ हजार रुपैयाँले चुक्ता पुँजी बढ्दैछ। प्रस्तावित लाभांशमध्ये १५ प्रतिशत बोनस सेयर हो।

बाँकी कर प्रयोजनका लागि नगद दिँदैछ। अहिले जनउत्थान सामुदायिक लघुवित्तको चुक्ता पुँजी १४ करोड ७९ लाख रुपैयाँ छ।

यस बाहेक १९ वटा जिल्लामा कार्यक्षेत्र रहेको लघुवित्त राष्ट्रियस्तरमा स्तरोन्नति हुँदैछ।

लाभांश र साधारण सभा प्रयोजनका लागि चैत १० गते बुक क्लोज गर्ने जनाएको छ।