
काठमाडौं। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। फागुन २५ गते हुने निर्वाचनका लागि उनले शनिबार मनोनयन दर्ता गराएका हुन्।
मनोनयनका लागि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुसहित नयाँ बानेश्वरस्थित संघीय संसद्को भवन पुगेका थिए।

उनको प्रस्तावकमा अध्यक्ष ओलीसहित नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा छन्।

यसैगरी, उनको समर्थकमा नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन्।