नेशनल हाइड्रो पावरले लाभांशको प्रस्तावबिनै चैत ३ गते साधारणसभा डाक्यो

बिजमाण्डू
२०७९ फागुन ११ गते १०:१७ | Feb 23, 2023
नेशनल हाइड्रो पावरले लाभांशको प्रस्तावबिनै चैत ३ गते साधारणसभा डाक्यो

काठमाडौं। नेशनल हाइड्रो पावरले चैत ३ गते साधारणसभा डाकेको छ। साधारणसभा बालुवाटार काठमाडौंमा हुने जनाएको छ।

Tata
GBIME

कम्पनीले सामान्य प्रस्तावहरु मात्रै सभामा लैजाँदैछ। वार्षिक प्रतिवेदन, लेखापरीक्षण नियुक्ति लगायतका प्रस्तावहरु उपर सभाले छलफल गर्ने जनाएको छ।

लाभांशबारे केही उल्लेख छैन। पोहोर कम्पनीले साढे १९ प्रतिशत लाभांश दिएको थियो। जसमध्ये १८.५३ प्रतिशत बोनस सेयर थियो।

साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गते एक दिन बुक क्लोजको मिति तय गरेको हो।