
काठमाडौं। सुनचाँदीको बजारमा साताको आरम्भका दुई दिनको ट्रेन्डलाई सुनको मूल्यले बुधबार पछ्याएको छ। चाँदीमा सामान्य वृद्धि छ भने सुनको कारोबार मूल्य १ लाख ३ हजार रुपैयाँ प्रतितोलामा स्थिर छ।
साताका दुई दिन स्थिर सुनको मूल्यमा तेस्रो दिन तोलामा २०० रुपैयाँ घटेको थियो। मंगलबार कायम प्रतितोला १ लाख ३ हजार रुपैयाँमा बुधबार स्थिर रहेर कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि साताको गत आइतबार र सोमबार तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा स्थिर रहेर कारोबार भएको थियो। तोलाको १ लाख ४ हजारबाट कारोबार सुरु भएको यो महिना लगातार उतारचढाव छ। घट्दा गत शुक्रबार न्यूनतम १ लाख २ हजार ५ सयसम्म पुगिसकेको सुनको कारोबार मूल्य चालु साताको प्रारम्भमा बढेको थियो।
चाँदीको कारोबार मूल्य भने तीन दिनको स्थिरतापछि बुधबार तोलामा ५ रुपैयाँ बढेको छ। गत आइतबार कायम तोलाको १२ सय ९० रुपैयाँमा मंगलबारसम्म स्थिर रहेर कारोबार भएको थियो। गत साताको अन्तिम दिनका तुलनामा गत आइतबार १५ रुपैयाँ बढेर कारोबार मूल्य निर्धारण भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १८३८.६४ डलर रहेको सुन बुधबार १८३६.६५ डलर छ। चाँदीमा भने सामान्य बढोत्तरी देखिएको छ। मंगलबार प्रतिऔंस २१.७२ डलरमा कारोबार भएको चाँदी बुधबार २१.८२ डलर छ।