सिटिजन्स बैंकको १ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य १६० रुपैयाँ



बिजमाण्डू
२०७९ फागुन ९ गते १६:२५ | Feb 21, 2023
सिटिजन्स बैंकको १ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य १६० रुपैयाँ

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक सेयरको बिक्री गर्ने भएको छ। बैंकले विद्यमान संस्थपक सेयरधनी सुमनराज प्याकुरेलको नाममा रहेको १ लख ३४ हजार ७९४ कित्ता सेयर बिक्री गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन्। इच्छुकले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालयमा पुग्नेगरी आवेदन पेश गर्नु पर्ने बैंकले जनाएको छ।

सेयरको न्यूनतम मूल्य प्रति कित्ता १६० रुपैयाँ तोकिएको छ।

बैंकले उक्त संस्थापक सेयरधनीको नाममा रहेको कुल ३ लाख ३८ हजार ९६० कित्ता सेयर बिक्री गर्ने भएको थियो। पहिलो चरणमा पुस २७ गतेबाट संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथामिकता दिइ बिक्री गरिएको थियो।

उक्त समय संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेका कारण बाँकी रहेको सेयर आजबाट बिक्री गरेको हो ।