
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्यमा गिरावट आए पनि नेपाली बजारमा उल्टै बढेर कारोबार मूल्य कायम भएको छ।
बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको दोस्रो र तेस्रो दिन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार १ लाख ४ हजार १ सय रुपैयाँ तोला थियो।
यो साताको सुरुवातका तुलनामा सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढिसकेको छ। गत महिनादेखि तोलाको एक लाखभन्दा माथि उक्लिएको सुनको मूल्यमा उल्लेख्य घटबढ नहुँदा बजार कारोबार पनि मन्दी छ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८७२.३६ डलरमा कारोबार भइरहेको छ। गत आइतबार १८६५. ९४ रहेको सुनको कारोबार मूल्य सोमबार १८७७.४६ डलर पुगेको थियो। सामान्य गिरावटपछि मंगलबार १८७५.२२ डलरमा कारोबार भएको थियो। बुधबार त्यसमा पुनः गिरावट देखिएको छ।
नेपाली बजारमा बुधबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँ छ। साताको प्रारम्भदेखि लगातार तीन दिन तोलाको १३ सय २० रुपैयाँमा स्थिर रहेर बुधबार ५ रुपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस २२.१९ डलरले कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार प्रतिऔंस २२.४१ डलर थियो। साताको पहिलो दिन २२.३५ डलर रहेको कारोबार मूल्य क्रमिक घटबढ देखिएको छ।