माछापुच्छ्रे बैंकको नयाँ एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चय कोषको भवन लगनखेलमा

बिजमाण्डू
२०७९ माघ ९ गते १७:४५ | Jan 23, 2023
माछापुच्छ्रे बैंकको नयाँ एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चय कोषको भवन लगनखेलमा

Tata
GBIME

काठमाडौं। माछापुच्छ्रे बैंकले ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।

कर्मचारी सञ्चय कोषका सह–प्रशासक  जीवन कुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरे। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य कर्मचारीहरुको समेत उपस्थिती रहेको बैंकले जनाएको छ।

सो एक्सटेन्सन काउन्टरको स्थापना भएसँगै बैंकको हालसम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर संचालनमा आएका छन्।

बैंकले देशका बिभिन्न स्थानमा सबै बर्ग र समुदायसम्म बैंकिङ पहुँचका लागि सेवा विस्तार गर्दै आएको जनाएको छ। बैंकका अनुसार नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु दिनेछ।