राष्ट्रिय वाणिज्य बैंकको १७औं साधारण सभा सम्पन्न, १२.५० प्रतिशत लाभांश पारित

बिजमाण्डू
२०७९ पुष २८ गते १८:०८ | Jan 12, 2023
राष्ट्रिय वाणिज्य बैंकको १७औं साधारण सभा सम्पन्न, १२.५० प्रतिशत लाभांश पारित

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारण सभा सकिएको छ। बैंकले सभामा गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्न प्रस्ताव गरेको १२.५० प्रतिशत लाभांश सहित विभिन्न प्रस्तावहरु पारित गरेको छ।  

Tata
GBIME

सभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ बराबरको नगद लाभांश र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

बैंकले उक्त लाभांश बुक क्लोज भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीको खातामा मात्र पठाउने छ। बोनस सेयर वितरणपछि बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ।

बैंकको हाल २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङबाट सेवा दिइरहेको छ।